दशैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने । २९ असोज, २०८३
प्रेस-नोट
२९ असोज, २०८३
दशैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने
राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरू दशैँ बिदाका दिनहरूमा पनि खुला रहने छन्। मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू बिदाका दिनमा पनि बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहने व्यवस्था गरिएको हो। यस अवधिमा आकस्मिक प्रयोजनका लागि आयोगका तपसिल बमोजिमका कार्यालय तथा मोवाइल नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछ।
तपसिल
१ केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुर -९८५१३२२७५३
२ कोशी प्रदेश कार्यालय, विराटनगर -९८५२०२२४४८
३ मधेश प्रदेश कार्यालय, जनकपुर -९८५४०२९७०६
४ बागमती प्रदेश कार्यालय, हेटौँडा -९८५५०७६३११
५ गण्डकी प्रदेश कार्यालय, पोखरा -९८५६०२६९७७
६ लुम्बिनी प्रदेश कार्यालय, दाङ -९८५७०४४५५१
७ कर्णाली प्रदेश कार्यालय, सुर्खेत -९८५८०३५२२४
८ सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी -९८५८४२३६२१
९ कोशी प्रदेश शाखा कार्यालय, खोटाङ -९८५२८४९२८४
१० लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्ज -९८५८०२०९९४
११ कर्णाली प्रदेश शाखा कार्यालय, जुम्ला -९८५८३६६२२२
...........................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता