आयोगले विपद्पश्चातको मानव अधिकार अवस्था अनुगमन गर्ने आवश्यक समन्वय र सहयोगका लागि आग्रह । ११ भाद्र, २०८३
प्रेस-विज्ञप्ति ११ भाद्र, २०८३ आयोगले विपद्पश्चातको मानव अधिकार अवस्था अनुगमन गर्ने आवश्यक समन्वय र सहयोगका लागि आग्रह यही भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ लगायत जिल्लाका १५ वटा पालिकाहरूमा जनधनको ठूलो क्षति पुग्न गएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ। प्रभावित क्षेत्रहरूमा उद्धार, राहत तथा पुन:स्थापनाका लागि नेपाल सरकार, राजनीतिक दल, संघसंस्था, नागरिक, प्रदेश तथा स्थानीय तहबाट आवश्यक कार्यहरु भइरहेको आयोगलाई जानकारी प्राप्त भएको छ।यस कार्यको आयोग सह्राना गर्दछ। विपद्पश्चात् प्रभावितहरूको सुरक्षा, बसोबास, खाद्यान्न, खानेपानी, स्वास्थ्य तथा सरसफाई लगायतका विषयहरू अझै जटिल हुनेतर्फ आयोग सबैको ध्यानाकर्षण समेत गराउँदछ ।आयोगले विपद्पश्चातको मानव अधिकार अवस्थाको अनुगमन गर्न केन्द्रीय कार्यालय र वागमती प्रदेश कार्यालयबाट छुट्टा छुट्टै दुईवटा टोली प्रभावित जिल्लाहरूमा खटाएको छ। यस विपद्को अवस्थामा सहयोग, समन्वय र मानवीय सेवा प्रदान गर्न आयोग सम्पूर्णमा आग्रह गर्दछ। ...................... यज्ञप्रसाद अधिकारी सहसचिव