राष्ट्रिय मानव अधिकार आयोगको अपिल
राष्ट्रिय मानव अधिकार आयोगको अपिल
मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा ठुलो सङ्ख्यामा नागरिकहरु, सुरक्षाकर्मी, कर्मचारी, आन्तरिक तथा बाह्यय पर्यटकहरुको मृत्यु भएको, कैयौँ व्यक्तिहरु बेपत्ता तथा घाइते भएको एवं भौतिक संरचनामा ब्यापक क्षति पुगेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोग गहिरो दुःख प्रकट गर्दछ । सो घटनामा परी निधन हुनेहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै आयोग घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
विपत्तिको यस कठिन समयमा एक अर्कालाई सहयोग गर्न, उद्धार तथा पुनःस्थापनाको कार्यमा आ-आफ्नो स्थानबाट योगदान गर्न नेपाल सरकार, राजनैतिक दलहरु, राष्ट्रसेवक कर्मचारीहरु, आम नागरिक, सुरक्षाकर्मी तथा सबैमा आयोग अपिल गर्दछ ।
.............................
(तप बहादुर मगर)
अध्यक्ष
मितिः २०८३ भाद्र १० गते ।