Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

धर्नामा बसेकाहरुको स्वास्थोपचार, खानपान, बसोबास र सुरक्षामा ध्यान दिन वार्ताकै माध्यमबाट समस्याको समाधान गर्न । ३ भाद्र, २०८३

प्रेस विज्ञप्ति
३ भाद्र, २०८३

धर्नामा बसेकाहरुको स्वास्थोपचार, खानपान, बसोबास र सुरक्षामा ध्यान दिन
वार्ताकै माध्यमबाट समस्याको समाधान गर्न 

बैँक, लघुवित्त, सहकारी, मिटरब्याजी प्रभावित तथा भूमिहीन सुकुम्बासीहरुले विभिन्न मागहरु राखीे विगत पाँचदिनदेखि राष्ट्रिय मानव अधिकार आयोगको पुल्चोकस्थित कार्यालयअगाडि सडकपेटीमा धर्ना दिइरहेको अवस्थाको राष्ट्रिय मानव अधिकार आयोगले निरन्तर अनुगमन गर्नुका साथै उनीहरुका समस्याहरुलाई नजिकबाट नियालिरहेको छ । समस्याको समाधानका लागि नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालको तर्फबाट वार्ता टोली गठन भएकोलाई आयोगले सकारात्मक रुपमा लिएको छ ।
लामो समय सडकपेटीमा धर्ना बस्दा धर्नामा बसेका महिला, बालबालिका, अशक्त र जेष्ठ नागरिकहरुको स्वास्थमा समस्या आउन सक्ने र धर्नामा बसेकाहरुको सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्न सक्ने हुँदा प्रदर्शनरतहरुको सुरक्षार्थ निजहरुलाई उचित स्थानमा स्थानान्तर गर्न र निजहरुको स्वास्थोपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । साथै, हरेक समस्याको समाधान वार्ता र संवादबाटै संभव भएकाले दुवैतर्फका वार्ता समितिहरुले वार्तालाई निरन्तरता दिई वार्ताकै टेबलबाट समस्याको समाधान निकाल्न समेत आयोग अनुरोध गर्दछ ।

  ..........................
डा.टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता

 

Download