अनशनरत विनय यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह। २६ साउन, २०८३
प्रेस-विज्ञप्ति
२६ साउन, २०८३
अनशनरत विनय यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह।
सुनसरी देवानगञ्ज घटनाको निष्पक्ष छानविन, पीडितलाई न्याय, सरकारसँग भएको सहमतिको कार्यान्वयन लगायतका मागहरू राखी बिगत १२ दिनदेखि अनशनमा रहेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ।
यसै सन्दर्भमा आयोगले यादवको स्वास्थ्य स्थिति तथा अनशनस्थलमा उपलब्ध स्वास्थ्य उपचारको अवस्थाबारे अनशनस्थल माइतिघर पुगेर जानकारी लिएको छ।अनुगमनको क्रममा निज यादवको सुगर र रक्तचाप घट्दै गएको, लामो समयको आमरण अनशनका कारण स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको छ। अनशन शुरू भएको १२ दिन वितिसक्दा समेत नेपाल सरकारका तर्फबाट स्वास्थ्य उपचार वा कुनै वार्ताको पहल नभएको अनुगमनबाट बुझिएको छ।
अतः अनशनरत व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गरी निजको जीवन रक्षा गर्न र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।
……………………..
डा. टीकाराम पोखरेल
प्रवक्ता/सहसचिव