Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

राष्ट्रिय स्वतन्त्र पार्टीलाई पत्राचार । १७ असार, २०८३

प्रेस नोट
१७ असार, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीलाई पत्राचार

राष्ट्रिय स्वतन्त्र पार्टीले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता वितरण गरेको भनी राष्ट्रिय मानव अधिकार आयोगमा प्राप्त जानकारी तथा विभिन्न सञ्चार माध्ययहरूमा सार्वजनिक भएका सूचनाको आधारमा सो पार्टीको केन्द्रीय कार्यालयसँग जानकारी माग गरी मिति २०८३ असार १५ गते यस आयोगबाट पत्राचार गरिएको छ ।

पत्रमा, बालबालिकाहरूलाई पार्टी सदस्यको रुपमा संगठित गरेको भनी प्रकाशित समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई सो पार्टीबाट सदस्यता वितरण गरिएको भए त्यस्तो कार्य प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरित हुने हुँदा उनीहरूलाई पार्टी सदस्यता वितरण भए नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) अनुसार अनुरोध गरिएको छ ।

-----------------
श्यामबाबु काफ्ले

सहायक प्रवक्ता/उपसचिव

Download