Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

वास्तविक सुकुम्बासीहरुको पहिचान गरी आवश्यक व्यवस्थापन गर । ११ वैशाख, २०८३

प्रेस विज्ञप्ती

११ वैशाख, २०८३

वास्तविक सुकुम्बासीहरुको पहिचान गरी आवश्यक व्यवस्थापन गर

 

नेपाल सरकारबाट २०८३ वैशाख १२ गतेदेखि काठमाडौं जिल्लाको बागमती किनार लगायत  विभिन्न स्थानमा बसोबास गरेका सुकुम्बासीहरुको घर टहरा हटाउने भनिएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ । यस विषयमा आयोगले विगतमा गरेको सिफारिशको कार्यान्वयन सम्बन्धमा जानकारी माग गर्दै आजै नेपाल सरकारलाई पत्राचार समेत गरेको छ ।

यस आयोगबाट मिति २०६९/२/१ गते वास्तविक सुकुम्बासीहरुको पहिचान गरी निजहरुको बसोबासको वैकल्पिक व्यवस्था मिलाएर मात्र सुकुम्बासी व्यवस्थापन गर्ने लगायतका सिफारिस गर्ने निर्णय भएको थियो । पत्रमा उक्त निर्णय सिफारिश कार्यान्वयनका लागि नेपाल सरकारलाई पठाइएको व्यहोरा पुनर्स्मरण गराउँदै सिफारिश कार्यान्वयन अवस्थाको प्रगति विवरण माग गरिएको छ ।

उल्लिखित अवस्थामा यस आयोगका सिफारिशहरु र सर्वोच्च अदातलबाट भएका आदेशको कार्यान्वयन गर्दै वास्तविक सुकुम्बासीहरुको पहिचान एवम् आवश्यक व्यवस्थापन गरी अतिक्रमित जग्गाका घर टहरा खाली गराउने क्रममा अत्यधिक बलको प्रयोग नगर्न र संयमित हुन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ ।  

 ‍-------------------------------

  श्यामबाबु काफ्ले

    उपसचिव/सहायक प्रवक्ता

Nepali Version Download