अनशनरत अजय सोडारीको स्वास्थ्य अवस्थाप्रति गम्भीर हुन आग्रह । १४ माघ २०८२
प्रेस–विज्ञप्ति
१४ माघ २०८२
अनशनरत अजय सोडारीको स्वास्थ्य अवस्थाप्रति गम्भीर हुन आग्रह
जेनजी आन्दोलनका बन्दी रिहा गर्नुपर्ने, विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार लगायतका विभिन्न मागहरु राखी विगत ९ दिनदेखि काठमाडौँको माइतिघरमा आमरण अनशनमा रहेका अजय सोडारीको स्वास्थ्य कमजोर बन्दै गएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ ।
यस सम्बन्धमा आयोगले मिति २०८२/१०/१३ गते अनुगमन गरेको छ । अनुगमनको क्रममा अनशनरत सोडारीको स्वास्थ्य परीक्षणमा खटिएका चिकित्सकसँग आयोगले निजको स्वास्थ्य अवस्था सम्बन्धमा जानकारी लिएको छ । सोडारीकोे स्वास्थ्य अवस्था कमजोर बन्दै गएको, रक्तचाप र पल्सरेट कम रहेकोले स्लाइनपानी दिइरहेको अनुगमनबाट पाइएको छ ।
अत ः अनशनरत व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्न, वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र निजको जीवन रक्षा गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।
..........................
डा.टीकाराम पोखरेल
प्रवक्ता/सहसचिव