Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन एवम् प्रशारण बन्द गर्न । २३ पुस, २०८२

प्रेस विज्ञप्ति
२३ पुस, २०८२


अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन एवम् प्रशारण बन्द गर्न । 

मिति २०८२ पुस २३ गते बुधबार प्रकाशित जनआस्था साप्ताहिक नामक पत्रिकाको वर्ष ३१ अंक ४१ को अघिल्लो पृष्ठमा प्रकाशित “ओली बोल्दा बोल्दै किन रोकिन् लिलीले ?” भनी प्रकाशित गलत, भ्रामक र गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा भएका माननव अधिकार उल्लंघनका घटनामा यस आयोगबाट भईरहेको छानबिनलाई प्रभावित पार्ने तथा आयोगका अध्यक्षको समेत नाम जोडी अन्य पदाधिकारीको मर्यादा र प्रतिष्ठामा आँच पुर्याउने नियत साथ प्रकाशित समाचार विरुद्ध यस आयोगबाट २०८२ भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित समितिले प्रेस काउन्सील ऐन, २०४८ को दफा ७ (ङ) र १२ बमोजिम कारवाहीको माग गरी आजै प्रेस काउन्सीलमा उजूरी गरेको छ ।

सो पत्रिकामा प्रकाशित समाचार गलत भ्रामक र तथ्यहीन भएको, त्यस्तो समाचार आयोग वा समितिसँग कुनै जानकारी र सम्पर्क नगरी प्रकाशित भएकोले सो समाचार प्रति खेद प्रकट गर्दछु । उक्त प्रकाशित समाचारले मानव अधिकार उल्लंघनका घटनामा भइरहेको अनुसन्धान कार्यमा समेत नकारात्मक प्रभाव पार्ने भएको हुँदा अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन एवम् प्रशारण बन्द गर्न र समाचार प्रकाशित गर्नुपूर्व अनिवार्य रुपमा आयोगसँग आधिकारिक जानकारी लिन समेत अनुरोध गर्दछु । यस्ता समाचारले आयोगको अनुसन्धान कार्यमा नकारात्मक प्रभाव पार्ने मात्र होइन व्यक्तिगत र संस्थागत मर्यादा र प्रतिष्ठामा समेत आघात पुर्याउने हुँदा यसतर्फ सचेत हुन समेत अनुरोध गर्दछु । 
                                  
                             
............................
(डा. लिली थापा)                                                                
संयोजक
अनुसन्धान समिति 

 

Download