Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

आनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर , १७ पुस २०८२

प्रेस–विज्ञप्ति

१७ पुस २०८२ 


आनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर

भ्रष्टाचारको छानविन र कारवाही गर्नुपर्ने लगायतका विभिन्न मागहरु राखी विगत १० दिनदेखि काठमाडौँको माइतिघरमा आमरण अनशनमा रहेका डा. निकोलस भुसाल र हरिश विष्टको स्वास्थ्य कमजोर बन्दै गएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । 
यस सम्बन्धमा आयोगले निरन्तर अनुगमन गरिरहेको छ । आयोगले गरेको पछिल्लो अनुगमनको क्रममा भुसाल र विष्टको स्वास्थ्य अवस्था गम्भिर रहेको, भुसालको रक्तचाप निकै कम रहेको र रगतमा चिनीको मात्रा समेत घटेको पाइएको छ ।


अत: निजहरुको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्दै वार्ताको माध्यमबाट अनसनरत व्यक्तिहरूको माग सम्बन्धमा निष्कर्षमा पुग्न, पु¥याउन र उनीहरूको जीवन रक्षा गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।  

..........................
श्यामबाबु काफ्ले
सहायक प्रवक्ता/उपसचिव

 

Download