Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश । २१ मङ्सिर, २०८२

प्रेस नोट

२१ मङ्सिर, २०८२


आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश


राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश गरेको छ । आयोगका माननीय अध्यक्ष तपबहादुर मगर सहितको आयोगको टोलीले शीतल निवासमा आयोजित एक कार्यक्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिवेदन पेश गरेको हो ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा आयोगमा परेका उजुरीहरु, उजुरीउपर भएका छानविन तथा अनुसन्धान विवरण, नेपाल सरकारलाई गरिएका सिफारिसहरु, मानव अधिकार संरक्षण र संवद्र्धनका लागि आयोगबाट वर्षभरि भएका कार्यहरुको विवरण, आयोगबाट भएका सिफारिसहरुको कार्यान्वयनको अवस्था, आयोगको सहकार्य र समन्वय, आयोगका उपलब्धि, चुनौती तथा सम्भावित उपाय र आयोगले आगामी दिनमा चाल्नुपर्ने कदमहरुको बारेमा उल्लेख छ ।

प्रतिवेदन बुझ्नेक्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले मानव अधिकारको संरक्षण, संवद्र्धन र प्रभावकारी कार्यान्वयनको सुनिश्चितताका लागि आयोगले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा मानव अधिकारको चेतना अभिवृद्धि गर्न तथा मानव अधिकार उल्लङ्घनकर्तालाई कानूनी कारवाहीको दायरामा ल्याउने कार्यलाई थप सुदृढ बनाउँदै लैजानुपर्ने भनाई राख्नुभयो । 

प्रतिवेदन पेश गर्दै आयोगका माननीय अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण र संवद्र्धन गर्ने क्रममा आयोगले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकार, मानव अधिकारसम्बन्धी संवैधानिक आयोगहरु, मानव अधिकार रक्षकहरु, गैरसरकारकारी सङ्घसंस्था, नागरिक समाज, व्यावसायिक सङ्घसंस्थाहरु, अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर समन्वय र सहकार्य गर्दै आइरहेको बताउनुभयो । 

कार्यक्रममा आयोगका माननीय सदस्यहरु, सचिव, सहसचिवहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


  ………………….
   डा. टीकाराम पोखरेल
   प्रवक्ता/सहसचिव

Nepali Version Download