Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

स्व. दयाराम परियार स्मृति सम्मान लिम्बूलाई मानव अधिकार पुरस्कार ढुङ्गानालाई । १६ मङसिर, २०८२

प्रेस–नोट
१६ मङसिर, २०८२ 

स्व. दयाराम परियार स्मृति सम्मान लिम्बूलाई
मानव अधिकार पुरस्कार ढुङ्गानालाई 

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र संवद्र्धनका लागि योगदान गर्ने मानव अधिकारकर्मीलाई २०८२ सालमा प्रदान गर्ने सम्मान र पुरस्कारको निर्णय गरेको छ । 
आयोगका दिवंगत कर्मचारी स्व. दयाराम परियारको नाममा स्थापित स्व. दयाराम परियार स्मृति सम्मान – २०८२, मानव अधिकार विशेषतः आदिवासी जनजातिको अधिकारका लागि लामो समयदेखि अनवरत रुपमा कार्यरत श्री शङ्कर लिम्बू (इलाम) लाई प्रदान गरिने भएको छ । 
यसैगरी, दुर्गममा रहेर पत्रकारिताको माध्यमबाट मानव अधिकारका विषयवस्तु, विशेषतः महिला अधिकार र न्यायप्राप्त गर्नबाट वञ्चितहरुका सवाललाई जुझारु रुपमा उठान गर्ने पत्रकार मेनुका ढुङ्गाना (अछाम) लाई यस वर्षको मानव अधिकार पुरस्कार– २०८२ प्रदान गरिने भएको छ । 
आयोगका माननीय सदस्य मनोज दुवाडीको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसमा आयोगको मिति २०८२ मंसिर १६ गते बसेको वैठकले सो निर्णय गरेको हो ।
मानव अधिकार सम्मान र पुरस्कारको राशी ५० हजार रुपैयाँसहित सम्मानपत्र/प्रमाणपत्र रहेको छ । सम्मान र पुरस्कार २०८२ मङ्सिर २४ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) को कार्यक्रमका बिच प्रदान गरिने छ । 
पुरस्कृत दुवै अधिकारकर्मीहरुलाई आयोग बधाई ज्ञापन गर्दछ ।          

..........................
डा. टीकाराम पोखरेल
 प्रवक्ता/सहसचिव

 

Download