आयोगका पदाधिकारी र प्रधान सेनापति बिच भेटघाट । ३१ भदौ, २०८२
प्रेस विज्ञप्ति
३१ भदौ, २०८२
आयोगका पदाधिकारी र प्रधान सेनापति बिच भेटघाट
जेन्जी प्रदर्शन र त्यसपछिको बदलिँदो राजनीतिक परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोगले सक्रियताका साथ मानव अधिकारको अवस्थाको अनुगमन गरिरहेको छ । आयोगले नेपाली सेनाको संरक्षणमा रहेकाहरुसँग सम्पर्कमा रही उनीहरुको सुरक्षा र स्वास्थ्य अवस्थाको सम्बन्धमा जानकारी लिइरहेको छ । साथै, आयोगले जेन्जी प्रतिनिधिहरु, मृतकका परिवार, घटनाका घाइते, घटनाका अन्य प्रभावितहरु तथा बालबालिकाहरुसँग निरन्तर भेटघाट गरिरहेको छ ।
यसै सन्दर्भमा आज आयोगका पदाधिकारी र प्रधान सेनापति अशोकराज सिग्देल बिच आयोगमा भेटघाट भई बदलिँदो परिस्थितिमा देशको शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरुको अवस्था सम्बन्धमा छलफल भएको छ ।
छलफलका क्रममा देशको शान्ति सुरक्षा, मानव अधिकारको संरक्षण र आगामी सुरक्षा चुनौतीको आँकलन गर्दै लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न नेपाली सेनालाई आयोगले सुझाव दिएको छ ।
.........................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता