Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

राष्ट्रिय मानव अधिकार आयोगको आह्वान । ३० भदौ, २०८२


राष्ट्रिय मानव अधिकार आयोगको आह्वान 

३० भदौ, २०८२ 

 

मुलुकमा पछिल्लो समय विकसित घटनाक्रम र त्यसको निकास प्रयासलाई राष्ट्रिय मानव अधिकार आयोगले नजिकबाट नियालिरहेको छ । नयाँ सरकार गठन समेत भैसकेको वर्तमान सन्दर्भमा आयोग सम्बन्धित सबैलाई निम्नबमोजिम आह्वान गर्दछ ।
–    जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको पोष्टमार्टम, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायतका कार्यमा विशेष ध्यान दिन,
–    देश, जनता, लोकतन्त्र, मानव अधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकारवालाहरूको सहभागितामा आगामी कार्यहरू अगाडि बढाउन,
–    अन्यौलपूर्ण अवस्थालाई तात्विक निष्कर्षमा पु¥याउन सबैले धैर्य र संयमतापूर्वक अगाडि बढ्न,
–    आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गर्दा अरूको अधिकारको सम्मान गर्दै शिष्टता र नम्रतापूर्वक सम्पे्रषण गर्न तथा द्वन्द्व हिंसालाई प्रश्रय दिने अभिव्यक्ति नदिन,
–    आफ्ना मागहरू लोकतान्त्रिक विधि र प्रक्रिया अनुरूप शिष्टतापूर्वक राख्न,
–    विकसित परिस्थितिमा आमसर्वसाधारणको मानव अधिकारको उपभोगमा आइपर्ने अवरोधहरूको पहिचान गरी त्यस्ता अवरोधहरू हटाउन प्रभावकारी कार्य गर्न,
–    सङ्कटको अवस्थामा हुन सक्ने कालोबजारी र कृत्रिम अभावलाई नियन्त्रण गरी दैनिक उपभोग्य सामग्री र सेवालाई सुचारू रूपले सञ्चालन गर्न तथा आमनागरिकहरूको आवतजावतलाई सहज बनाउन,
–    प्रदर्शनको क्रममा भएका आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण सङ्कलन गरी भौतिक पुनर्निर्माण र सेवाप्रवाहमा जोड दिन,
–    सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण गर्न सबै संघसंस्था र नागरिक समाजले जिम्मेवार नागरिकको आफ्नो दायित्व पूरा गर्न ।
      .........................
      डा. टीकाराम पोखरेल
      प्रवक्ता/सहसचिव

 

Nepali Version Download