बालसुधार गृहमा भएको झडपको घटनामा आयोगबाट अनुगमन शुरू । ३ चैत, २०८१
प्रेस नोट
३ चैत, २०८१
बालसुधार गृहमा भएको झडपको घटनामा आयोगबाट अनुगमन शुरू ।
बाँके जिल्लाको डुडुवा गाउँपालिका – ६, स्थित जयेन्दु बालसुधार गृहमा रहेका बालबन्दीहरू बीच २०८१ चैत १ गते रातिदेखि २ गते साँझसम्म झडप भएको भनिएको घटनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन टोली खटाइ पठाएको छ ।
प्रारम्भीक अनुगमनबाट झडपको कारण सुधार गृहमा राखिएका ६ जना बालकहरू घाइते भएका, सूधार गृहमा आगो लगाईएको र नियन्त्रणका लागि खटिएका प्रहरीमाथि इँंटा प्रहार भएको लगायतका तथ्य प्राप्त भएका छन् । अनुगमनको व्रmममा आयोगको टोलीले झडपमा संलग्न भनी पव्रmाउ परेका व्यक्तिहरूलाई राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको समेत अनुगमन गरेको छ ।
...........................
श्यामबाबु काफ्ले
उपसचिव/सहायक प्रवक्ता