Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

तिहार र छठ बिदामा आयोग खुला रहने । १३ कात्तिक, २०८१

 
प्रेस नोट
 
१३ कात्तिक, २०८१ 
 
तिहार र छठ बिदामा आयोग खुला रहने
 
राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी तिहार र छठ बिदामा बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहनेछन् । आयोगले आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको हो । यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्ने छ । 
राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरुको सम्पर्क नम्बर ः
क्र.सं. कार्यालय मोवाइल नं.
१ केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुर ९८५१३२२७५३
२ कोशी प्रदेश कार्यालय, विराटनगर ९८५२०२२४४८
३ मधेश प्रदेश कार्यालय, जनकपुर ९८५४०२९७०६
४ बागमती प्रदेश कार्यालय, हेटौँडा ९८५५०७६३११
५ गण्डकी प्रदेश कार्यालय, पोखरा ९८५६०२६९७७
६ लुम्बिनी प्रदेश कार्यालय बुटवल, ९८५७०४४५५१
७ कर्णाली प्रदेश कार्यालय, बीरेन्द्रनगर ९८५८०३५२२४
८ सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी ९८५८४२३६२१
९ कोशी प्रदेश शाखा कार्यालय, दिक्तेल खोटाङ्ग ९८५२८४९२८४
१० लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्ज ९८५८०२०९९४
  ...........................
  डा. टीकाराम पोखरेल
  सहसचिव/प्रवक्ता

Download