Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

आयोगका पूर्वसदस्य श्री गोकुल पोखरेलको निधनप्रति आयोगद्वारा शोक व्यक्त । १७ पुस, २०८०

प्रेस–नोट

१७ पुस, २०८०

आयोगका पूर्वसदस्य श्री गोकुल पोखरेलको निधनप्रति आयोगद्वारा शोक व्यक्त

राष्ट्रिय मानव अधिकार आयोगले आयोगका पूर्वसदस्य गोकुल पोखरेल (वि. सं. २०६२\०२\१३ देखि २०६३\०३\२५) को हिजो मिति २०८० पुष १६ गते काठमाडौँमा भएको असामयिक तथा दुःखद निधनप्रति गहिरो शोक व्यक्त गरेको छ । यस दुःखद घडीमा आयोगले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गरेको छ । 

आयोगले स्व. गोकुल पोखरेलको सम्मान र सम्झनामा आयोगमा पोखरेलको तस्वीर सहित १३ दिनसम्म शोकपुस्तिका राख्ने र तेह्रौँ दिनको दिन श्रद्धाञ्जली सभा आयोजना गर्ने छ ।   

 ..............................
 डा. टीकाराम पोखरेल
 सहसचिव\प्रवक्ता

 

 

Download

Nepali Version Download