Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

बालकुमारीमा भएको झडपमा दुई जनाको मृत्यु भएको भनिएको घटनाको आयोगद्वारा अनुगमन शुरू । १३ पुस, २०८०

प्रेस विज्ञप्ति
१३ पुस, २०८०

बालकुमारीमा भएको झडपमा दुई जनाको मृत्यु भएको भनिएको घटनाको 
आयोगद्वारा अनुगमन शुरू

          
ललितपुरको बालकुमारी सडक क्षेत्रमा रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा आवेदन दिएका युवाहरुले गरेको आन्दोलनको क्रममा घाइते भएका दुई जना युवाको उपचारको क्रममा मृत्यु भएकोे भनिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । 

इपिएस परीक्षाका सबै तर्फको छनौट प्रक्रियामा सहभागी हुन पाउनुपर्ने माग राखी प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले बल प्रयोग गर्दा प्रहरी र प्रदर्शनकारीहरु बिच झडप भएको, झडपमा परी गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको, अन्य थप केही घाइते भएका र केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको पाइएको छ । प्रदर्शनकै  क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने गरेको सवारी साधनमा आगजनी गरेको, आगजनी गरिएको गाडीमा सवार सबैजना सकुसल रहेको भए पनि गाडी तथा गाडीमा रहेका कागजातहरु जलेर पूर्ण रुपमा नष्ट भएको भन्ने जानकारी आयोगलाई प्राप्त भएको छ । 

यस सम्बन्धमा थप अनुगमन गर्नका लागि आयोगको टोली आजै घटनास्थलतर्फ गइसकेको छ ।  

 

 ..............................
   डा. टीकाराम पोखरेल
  सहसचिव/प्रवक्ता

 

Download

Nepali Version Download