Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

तिहार तथा छठ बिदामा आयोग खुला रहने, २४ कात्तिक, २०८०

 


प्रेस नोट
२४ कात्तिक, २०८०

तिहार तथा छठ बिदामा आयोग खुला रहने

राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी तिहार तथा छठ बिदामा बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहनेछन् । आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको हो । यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्ने छ ।

...........................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता

 

 

Nepali Version Download