Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

दशैँ बिदामा आयोग खुला रहने ,२ कात्तिक, २०८०

प्रेस नोट

२ कात्तिक, २०८०

दशैँ बिदामा आयोग खुला रहने

राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दशैँ बिदामा बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहनेछन् । आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको हो । यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्ने छ ।

साथै, आसन्न दशैँ, तिहार तथा छठ पर्व २०८० को पावन अवसरमा आयोग सबैमा शुभकामना व्यक्त गर्दछ ।

...........................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता

Nepali Version Download