Skip to main content

Accessibility Tools

Press Release

Text Size A A A

मानव अधिकार रक्षकमाथि भएको आक्रमण तथा दुव्र्यवहारप्रति आयोगको गम्भीर ध्यानाकर्षण ; घटनाको प्रभावकारी छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आयोगको आग्रह । ३० साउन, २०८०

प्रेस विज्ञप्ति

३० साउन, २०८०

मानव अधिकार रक्षकमाथि भएको आक्रमण तथा दुव्र्यवहारप्रति आयोगको गम्भीर ध्यानाकर्षण
घटनाको प्रभावकारी छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आयोगको आग्रह
सप्तरीको राजविराजमा २०८० साउन १५ गते मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेललाई जिल्ला प्रहरी कार्यालय परिसरमा सेवाग्राहीको काम विशेषले गएको समयमा उक्त कार्यालयमा कार्यरत प्रहरीद्वारा कुटपिट तथा दुवर््यवहार भएको घटना एवम् उक्त घटनालाई लिएर स्थानीय पत्रकारहरु र अन्य सामाजिक संघ संस्थाहरुबाट निरन्तर भइरहेको विरोधका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा आयोगको मधेश प्रदेश कार्यालयले स्वविवेकमा उजुरी ग्रहण गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले जारी गरेको मानव अधिकार रक्षकसम्बन्धी मार्गनिर्देशिका, २०६९ मा मानव अधिकार रक्षकहरुको संरक्षण र सुरक्षाको जिम्मेवारी राज्यले गर्नुपर्ने उल्लेख गरिएको छ । गृह मन्त्रालयले जारी गरेको मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षण सम्बन्धी आदेश, २०७७ मा मानव अधिकार हनन्का विषयमा राज्यका निकाय वा पदाधिकारीहरुले सूचना तथा जानकारी दिनुपर्ने, जानकारी लिने क्रममा हुने आक्रमणबाट शारीरिक, मानसिक वा आर्थिक क्षतिलाई रोक्न राज्यका सुरक्षा निकायबाट विशेष सतर्कता अपनाइने र क्षति पुर्याउने व्यक्ति वा पदाधिकारीविरुद्ध कानुन बमोजिम कारबाही चलाउने व्यवस्था उल्लेख गरिएको छ । मानव अधिकार रक्षकसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र १९९८ मा राज्यले मानव अधिकार रक्षकहरुको अधिकार संरक्षणको विशेष व्यवस्था गर्नुपर्ने उल्लेख छ । उल्लिखत व्यवस्थाका बावजुद् नेपालमा मानव अधिकार रक्षकहरुले सुरक्षित र भयरहित वातावरणमा कार्य गर्न नपाएको आयोगको प्रतिवेदनले औंल्याएको छ ।  
अतः निष्पक्ष र प्रभावकारी अनुसन्धान मार्फत उक्त घटनामा संलग्न दोषीलाई कानुनी कारवाही गर्न र अधिकारकर्मीको सुरक्षामा ध्यान दिन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । साथै सेवाग्राहीले आफ्ना सेवाहरु लिने क्रममा संयमित भई सेवा प्रवाह गर्ने निकायलाई मर्यादित व्यवहार गर्न सेवाग्राही, पत्रकार र अधिकारकर्मीहरुलाई समेत आयोग अनुरोध गर्दछ ।

.........................
डा. टीकाराम पोखरेल
 सहसचिव/प्रवक्ता

 

 

Nepali Version Download