लम्पी स्किनको रोकथाम र नियन्त्रण प्रभावकारी ढंगले गर । २४ श्रावण, २०८०
नेपालमा विगत केही समयदेखि पशुमा लम्पी स्किन रोग देखा परी किसानको पशुधनको क्षति भएको प्रति आयोगको ध्यानाकर्षण भएको छ । नेपालमा २०७७ साल आषाढ महिनामा पशुमा पहिलो पटक देखिएको लम्पी स्किन रोग यो वर्ष अझ बढी फैलिएको छ ।
पशु सेवा विभागबाट आयोगलाई प्राप्त तथ्याङ्कअनुसार देशका ७७ वटै जिल्लामा फैलिएको यस रोगका कारण २०८० साउन १४ सम्म ४८८८० पशुको मृत्यु भएको, ११००४९१ सङ्व्रmमित भएकोमा १८३८०१ अझै सङ्व्रmमित अवस्थामा रहेका र ८६७८१० पशु निको भएको र हालसम्म ३५०९२६ पशुलाई खोप लगाइएको पाइएको छ । यसैगरी कुल सङ्व्रmमितमध्ये ७८.८५ प्रतिशत निको भएको, १६.७० प्रतिशत संव्रmमित रहिरहेको र ४.४४ प्रतिशत पशुको मृत्यु भएको देखिएको छ । लम्पी स्किन नियन्त्रण गर्न पशुलाई खोप लगाउने लगायतका कार्य सम्बन्धित निकायबाट जारी रहेको आयोगको प्रारम्भिक अनुगमनबाट पाइएको छ ।
खेती लगाउने समयमा घरेलु पशुमा फैलिएको यो रोग रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट प्रयास भए तापनि रोकथामका लागि जनचेतनामूलक कार्यव्रmम प्रभावकारी ढंगले लागू हुन नसकेको, उपचारको लागि औषधिको अभाव रहेको, औषधिको समानमा सहज पहँुच नरहेको, ग्रामीण स्तरसम्म पशु चिकित्सकको उपस्थिति पुग्न नसकेको जस्ता कारणले अझै पनि पशुहरु मर्ने व्रmम जारी रहेको देखिएको छ ।
यो रोग फैलिएका कारण नेपालको संविधान, २०७२ र नेपाल पक्ष भएको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ ले सुनिश्चित गरेको किसानको अधिकार, खाद्य अधिकार, सम्पत्तिको अधिकार प्रभावित हुनुका साथै खाद्य सम्प्रभुत्ता र सुरक्षामा समेत दीर्घकालीन रुपमा प्रभाव पर्न सक्ने देखिएको छ । पशुको मृत्युका कारण किसानहरुले पशु गुमाउनुका साथै पशुबाट प्राप्त गर्ने वृहत लाभसमेतबाट वञ्चित भइरहेका छन् ।
अतः लम्पी स्किन महामारीको रोकथाम तथा नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहबाट पर्याप्त वजेट, कार्यव्रmम, औषधि, खोप तथा सबै पालिकाहरुमा पशु चिकित्सक लगायतको व्यवस्थापन गरी यस रोगको पूर्ण रुपमा रोकथाम तथा नियन्त्रण प्रभावकारी ढंगले गर्न र प्रभावित किसानहरुलाई यथाशीघ्र राहत तथा क्षतिपुर्ति उपलब्ध गराई किसानको अधिकारको सम्मान तथा संरक्षण गर्न आयोग राज्यका तीनै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता