home | about us | FAQs | contact us | feedbacks | Online Complaint |Webmail
Search Our Site
Press Release
News Letter (मानब अधिकार पत्र)
NHRC Tweets
Untitled Document

Text size: Smaller Font View Normal Font View Larger Font View

Late Dayaram Pariyar

सङ्क्षेपमा स्व.दयाराम परियार



बुबा लालबहादुर परियार र आमा अम्बिकादेवी परियारको सुपुत्रको रूपमा दयाराम परियारको जन्म २०४० फागुन ५ गते भएको हो । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा जन्मनुभएका परियारको बाल्यकाल सुनसरीको तरहरामै बितेको थियो । अध्ययनमा तीक्ष्ण मानिने परियारले जनसहयोग मावि तरहरबाट प्रवेशिका परीक्षा (एसएलसी) प्रथम श्रेणीमा उत्तीर्ण गर्नुभएको थियो । महेन्द्र बहुमुखी धरानबाट प्रविणता प्रमाणपत्र तह पूरा गरी दयारामले स्नातक तहको अध्ययन नेपाल कमर्श क्याम्पस मीनभवन, बानेश्वरबाट सम्पन्न गर्नुभएको हो ।

परियार वि.स. २०६२ सालमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा लिइएको परीक्षामा सफलभई २०६२ साल माघ २ गतेबाट आयोगको मानव अधिकार सहायक पदमा नियुक्त हुनुभएको हो । उहाँ तत्कालीन आयोगको सम्पर्क कार्यालय (हाल क्षेत्रीय कार्यालय) जनकपुरमा कार्यरत हुनुहुन्थ्यो । परियार आफ्नो पेशा वा कार्यप्रति दत्तचित्त भई जोशजाँगरका साथ केही न केही असल काम गर्नुपर्छ भन्ने भावनाबाट अभिपे्ररित हुनुहुन्थ्यो । मानव अधिकार संरक्षण र सम्वद्र्धन सम्बन्धी कार्यमा उहाँ जहिल्यै पनि अग्र पङ्क्तिमा रहनुभयो । २०६२/२०६३ को जनआन्दोलन जारी रहेको अवस्थामा मानवअधिकारको अवस्था अनुगमनमा दयाराम खटिनुभएको थियो । कार्यसम्पादनकै सिलसिलामा २०६२ चैत ११ गते अपरान्हकरिब ५:०० बजेको समयमा सुरक्षाकर्मीको गोली लागी परियार गम्भीर घाइते बन्न पुग्नुभयो ।जनकपुरमा उपचार हुन नसकेपछि घाइते परियारलाई आयोगको टोलीले सुरक्षा निकायको सहयोगमा त्रिविवि शिक्षण अस्पतालमा ल्याई आकस्मिक कक्षमा उपचार गराइरहेको थियो । आयो टप्प टिप्यो मिति पुग्यो टर्यो टरेर टर्दैनथ्यो ! भयो यस्तै—उपचारार्थ दयारामले २०६२ चैत १५ गते बिहान २ः१५ बजे सदाको लागि बिदा लिनुभयो । भौतिक शरीर नरहे पनि आफूले पुर्याएको योगदानबाट परियार सधैँ र अमर र सम्मानित रहिरहनुहुनेछ । मानव अधिकार योद्धा दयाराम परियारप्रति हार्दिक श्रद्धान्जली !